Sur Cinema

Edit Content

ताजा अपडेट

निर्देशक लामालाई यो वर्ष भ्याइनभ्याई

काठमाडौं : एकताका अब्बल सिनेमा समिक्षकको रुपमा छबि बनाएका सिनेमा पत्रकार दिपेन्द्र लामा पछिल्लो केही वर्षयता सिनेमा निर्देशन एवम् लेखनमा व्यस्त छन् ।

‘घामपानी, गोपि, छ माया छपक्कै, २ नम्बरी’ सिनेमा निर्देशन गरिसकेका दिपेन्द्र अब अन्य दुई सिनेमाको निर्देशनको तयारीमा छन्।

निर्देशनमा सफलता हात पारेका दिपेन्द्र हालैमात्र एउटा नयाँ सिनेमामा अनुबन्धित भएका छन्। उनी ग्लोवल मिडिया एन्ड रिसर्च सेन्टरको प्रस्तुतिमा निर्माण हुने नयाँ सिनेमामा निर्देशकको रुपमा अनुबन्धित भएका हुन् ।

सिनेमाको नाम भने खुलाइएको छैन। जुन सिनेमामा जिएम ठकुरी निर्माता र समीर घले सहनिर्मातामा रहेका छन् ।केही दिन अघि मात्रै सिनेमा ‘नाङ्गो गाउँ’मा अनुबन्धित भएका थिए।

यसरी धमाधम सिनेमा साइन गरेका दिपेन्द्रको लागि यस् वर्ष भ्याइनभ्याई हुने पक्का छ।