Sur Cinema

Edit Content

ताजा अपडेट

रजनी सुन्दासको ‘तिम्रो मेरो मायाको’ मा कुशल र नयन

काठमाडौं ।
‘तिम्रो मेरो मायाको’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायिका रजनी सुन्दासको सुमधुर स्वरमा रहेको गीतमा इन्दिरा चोङ्बाङको शब्द रहेको छ । षडज लिम्बूको संगीत रहेको गीतको भिडियोमा कुशल गुरुङ र नयन गुरुङको अभिनय देख्न सकिन्छ ।

भिडियोले एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएको छ । आँफूलाई भन्दा बढी माया गर्ने मायालुले आफ्नो प्रेमीको लागि सर्मपण गरेको मायाको भावलाई भिडियोमा कलात्मक शैलीमा निर्देशक तुला पर्वतले देखाएका छन् ।

मकाउका विभिन्न रमणीय स्थानहरुमा छायाङकन गरिएको भिडियो गायक तथा संगीतका समेत रहेका निर्देशक तुलाकै सम्पादन रहेको छ । जसमा छायाङकन पनि उनले नै गरेका हुन् ।

साधना म्यूजिक इज लाइफ नाकम च्यानलबाट सार्वजनिक गरिएको भिडियोको प्रमुख उत्पादक कुशल गुरुङ हुन् भने उत्पादक साधना परिवार हो ।