Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘ह्यारी कि प्यारी’को ट्रेलरमा जितु र साम्राज्ञी

काठमाडौं :
सिनेमा ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर रिलिज गरिएको हो । डा. भोला रिजालका छोरा डा. कपिल रिजालको डेब्यु निर्देशनमा बनेको सिनेमा ‘ह्यारी कि प्यारी’मा जितु नेपाल साम्राज्ञी आरएल शाह बीच पैसाकै बीच हुने उतार–चढावलाई ट्रेलरमा देखाइएको छ ।

बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको सिनेमामा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतको पनि अभिनय छ । यहि सिनेमाको ‘धरहरा हल्लियो’ गीतमा अभिनेत्री रेखा थापाले आइटम नृत्य गरेकी छन् ।

निर्देशक आफै प्रस्तुतकर्ता रहेको सिनेमा उनले नै कथा लेखेका हुन् । त्यस्तै सिनेमाको पटकथा तथा संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल, अभिमन्यू निरवीले मिलेर तयार पारेका हुन् । पटकथा तथा संवाद तयार पारेका सुदीप बरालकै सिनेमामा छायांकन रहेको छ भने सम्पादन अर्जुन जिसीको छ । सिनेमाको ट्रेलर हेरिहेको समयमा हुटिङ चलेको थियो ।