Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘गुञ्जन’ निर्माताको उद्घोष : सिनेमा मन नपरे पैसा फिर्ता

काठमाडौं ।
सिनेमा ‘गुञ्जन’ का निर्माता हिराकृष्ण शाहीले दर्शकलाई सिनेमा मननपरे टिकटको पैसा फिर्ता दिने घोषणा गरेका छन् । बिहिबार राजधानीमा आयोजित सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा शाहीले उक्त घोषणा गरेका हुन् ।

उनले आफुले सिनेमा राम्रो बनाएको र पटक पटक हेरेको कारण सिनेमा एकदमै राम्रो बनेको दाबी गरे । ‘‘गुञ्जन’ प्रेमकथामा बनेको सिनेमा हो । सिनेमा एकदमै राम्रो बनेको छ । दर्शकले पनि रुचाउछन्’ शाहीले भने, ‘सिनेमा हेरेपछि कसैले मलाई मन परेन भन्छ भने उसले टिकटको पैसा फिर्ता पाउछ ।’ शाहीले पैसा फिर्ताका लागि टिकटको कपी सहित आफुलाई सम्पर्क गर्न सक्ने समेत सुनाए ।

कार्यक्रममा सिनेमाको नयाँ ट्रेलर समेत सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा सिनेमाका मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी, करिब खड्का लगायको त्रिकोणत्मक प्रेमकथा देखाउन खोजिएको छ । ट्रेलर हेर्दा सिनेमा राम्रो बनेको अनुमान लगाउन सकिन्छ । २ मिनेट ४७ सेकेन्डको ट्रेलर दर्शक लोभ्याउन सफल देखिन्छ ।

आगामी २९ गतेबाट प्रदर्शनमा आउँने सिनेमा प्रेमकथामा बनेको हो । सिनेमालाई अष्ट महर्जनको निर्देशन गरेका हुन् । सारा र प्रितम र कबिरको अलवा सिनेमामा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ ।

विगत २ दशकदेखि सिनेमाको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु सिनेमा हो । कार्यक्रममा निर्देशक अष्ट महर्जनले सिनेमा निर्माणमा आफुले कुनै कसुर बाँकी नराखेको बताए । ‘मैले सिनेमा क्षेत्रमा सिकेको सबै अनुभव सिनेमामा खन्याएको छु’ निर्देशक महर्जनले भने । आफु लामो समयदेखि सिने क्षेत्रमा एक्सन बिधामा कार्यरत भएपनि निर्देशनको सुरुवात प्रेमबाट गर्न प्रेमकथाको सिनेमा बनाएको बताए ।

डेब्यु हिरो प्रितमराजले सिनेमाको कथा राम्रो भएकोले आफुले डेब्यु गरेको बताए । उनले सिनेमाबाट आफु स्थापित हुने बिश्वास ब्यक्त गरे । त्यस्तै अर्का अभिनेता करिब खड्काले पनि सिनेमा राम्रो बनेको बताए । उनले प्रेमकथामा सिनेमा बने पनि सबै खालका दर्शकका लागि सिनेमा उपयुक्त रहेको धारणा राखे ।

कार्यक्रममा अभिनेत्री सारा सिर्पालीका भने उपस्थिती थिएन । सारा अहिले दुवईमा भएकोले कार्यक्रममा उपस्थित हुन नसकेको निर्माण युनिटले जानकारी दियो । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको सिनेमा ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । सिनेमाको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।