Sur Cinema

Edit Content

ताजा अपडेट

किन विवादमै परेको ‘मुन्द्रेको कमेडी क्लब’ फेरि ल्याउन चाहान्छन् जितु ?

काठमाडौं ।
दुई वर्ष अघिबाट हास्यअभिनेता जितु नेपालले नेपाल टेलिभिजनबाट ‘मुन्द्रेको कमेडी क्लब’ को शो सञ्चालन गरेका थिए । यो शोलाई धेरैले भारतिय कपिल शर्मा शोको कपि गरेको आरोप लगाए । उनले यसको जवाफमा आफुले आफ्नै शो गरेको बताउँदै आएका थिए ।

लकडाउनको समयमा यसै शो की अध्यक्ष दीपाश्री निरौलाले प्राइभ टेलिभिजनमा अन्तरवार्ताका क्रममा महानायकको विषयमा आफ्नो भनाई राख्दा विवादमा परेकी थिइन् । क्लबकी अध्यक्ष विवादमा फसेको भन्दै कार्यक्रमबाट नै निस्कासित भइन् । उनको ठाउँमा सदावहार अभिनेत्रीका रुपमा चिनिएकी करिश्मा मानन्धरलाई अध्यक्षमा नियुक्ती गरियो ।

विवादै विवादका बाबजुद यस शोका मुख्य पात्र उमेश राई (फुलन्देकी आमा)ले कार्यक्रमबाट हात झिके। शो नै धरासायी अवस्थामा पुगेपछि जितुले कार्यक्रम नै बन्द गरे । अन्य कलाकारको साथमा कार्यक्रम अघि बढ्न र सोही अनुसार दर्शकले नरुचाउने भएपछि पत्रकार सम्मेलन गर्दै कार्यक्रम अर्को पार्ट सहित आउने घोषणा गरे ।

कार्यक्रम बन्द भएको एक वर्षपछि यसैको दोस्रो भाग प्रसारण हुने भएको छ । फुलन्देकी आमाको जितुको सानीआमा पात्रलाई इन्ट्री गराइँदै कार्यक्रमलाई निरन्तरता दिने मुडमा जितु लागेका छन् । यो पात्रमा श्याम राना भित्रिएका हुन् । दिनेश डीसी निर्देशन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’प्रति आम दर्शकको चासो बढेको छ । तर, विवादै विवादमा फसेको ‘मुन्द्रेको कमेडी क्लब’लाई कलाकार फेर्दै शो गरिने भएको छ । अबको शोले दर्शकको कस्तो प्रतिक्रिया पाउँला त्यो भने केहि समय कुर्नैपर्छ ।