काठमाडौं :
लामो समयपछि सिनेमा अभिनयमा फर्केका चकलेटी नायक आर्यन सिग्देल अभिनित सिनेमा ‘डिसेम्बर फल्स’ यतिबेला हलमा प्रदर्शनरत छ।
यहि समयमा आर्यन नयाँ सिनेमामा अनुबन्धित भएका छन्। सिनेमाको नाम भने खुलाइएको छैन। निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने नयाँ सिनेमामा आर्यन अनुबन्धित भएका हुन्।
आर्यन संगै अन्य २ नायिका पनि सिनेमामा रहने बताइएको छ। नायिका भने निर्माण टिमले अझैं फ़ाइनल गरेको छैन। आगामी फागुनको पहिलो साताबाट सुटिङ्गमा जाने यस सिनेमामा संचारकर्मी लक्ष्मण सुवेदीको कथा पटकथा तथा सम्बाद रहनेछ।
सिनेमालाई छिरिङ टेन्डुप शेर्पा, बिजय चन्द र भुवनकुमार काफ्लेले संयुक्तरुपमा निर्माण गर्न लागेका हुन्। जय माँ दुर्गे फिल्मसको ब्यानरमा निर्माण हुने उक्त सिनेमामा यस अघि अभिनेता मुकुन भुसाल अनुबन्धित भईसकेका छन्।