Sur Cinema

Edit Content

ताजा अपडेट

पारिवारिक प्रेमको आभास दिने गीत “माया रैछ र भर रैछ नि”

काठमाडौं
फूलबारी’को चल/अचल दृश्यसहितको पहिलो गीत “माया रैछ र भर रैछ नि” सार्बजनिक भएको छ । उक्त गीतले पारिवारिक प्रेमको आभास दिलाउछ ।

सिनेमामा पाका दम्पतीको भुमिकामा अभिनेता विपिन कार्की र अभिनेत्री अरुणा कार्कीलाई देखाईएको छ ।

यस्तै गीतले पारिवारिक खुशी संगै पिडा पनि झल्काएको देखिन्छ । सिनेमामा अभिनेता दयाहाङ राईले अभिनेत्री गौमाया गुरुङसंग जोडी बाँधेका छन् । यस्तै अभिनेत्री प्रियंका कार्कीको जोडी कलाकार सोमनाथ खनालसंग बाँधिएको छ ।

कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा सदिक्क्षा कट्टेलले पनि आवाज दिएकी छन् ।

अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने सिनेमामा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ । जोश हेरुमको छायांकन रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा/अनुपम शर्माको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

यसोदा फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमा फागुन ५ देखि सार्वजनिक प्रदर्शनमा आउने भएको छ । सिनेमामा मणिराम पोखरेलको कार्यकारी निर्माण र मनिष ढकालको निर्माण रहेको छ ।