Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

समुहको नाईके अनमोल, “छड्के २” नयाँ पोस्टर

काठमाडौं
फागुन १९ गते देखि रिलिज हुने सिनेमा “छड्के २” को अंग्रेजी नयाँ बर्षको पूर्वसन्ध्यामा पारेर नयाँ पोस्टर सार्वजनिक गरिएको छ । नयाँ सालमा अनमोलका फ्यानका लागि नयाँ पोस्टर उत्कृष्ट उपहार बन्न सक्छ ।

ग्याङस्टर जनरामा निर्माण भएको सिनेमाकोे नयाँ पोस्टरमा सिनेमाका अन्य कलाकारहरुपनि फिचर्ड छन् । उक्त पोस्टरमा अनमोललाई आफ्नो समुहको नाइकेको रुपमा प्रस्तुत गरिएको छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।