Sur Cinema

Edit Content

ताजा अपडेट

धादिङको रमणीय स्थानमा खिचिएको सुप्रिम र पुजाको ‘सानै छ उमेर’

काठमाडौं :
बालकलाकार सुप्रिम मल्ल ठकुरी र पुजा देवकोटाको आवाजमा ‘सानै छ उमेर’ गीतको भिडियो रिलिज भएको छ । गीतको भिडियो गरिमा फिल्मस युट्युबमार्फत सार्वजनिक भएको हो । गोबिन्द भट्टराईको शब्द रचना रहेको गीतलाई बाबुल गिरीले संगीत भरेका छन् ।

गीतको भिडियोमा गरिमा र शुभमका साथमा श्री त्रिकुटेश्वरी आधारभुत विद्यालयका तीन दर्जन भन्दा धेरै बालबालिकहरुले सहयोगी भुमिका निभाएका छन् ।

देवेन्द्र पाण्डेले निर्देशन गरेको भिडियो धादिङको सुन्दर र रमणीय ठाउँमा खिचिएको हो । गीतको भाव अनुसार त्यहाँको सुन्दर ठाउँलाई समावेश गर्दा भिडियो उत्कृष्ट बनेको देखिन्छ ।