काठमाडौं
सिनेमा “तिम्रो मेरो साथ”को टिम यतिखेर इटहरी पुगेका छन् । सिनेमाको प्रचारप्रसारको क्रममा उनीहरु आज इटहरी पुगेका हुन् । पत्रकार सम्मेलनमा पुग्न अघी २५ ओटा सिटि सफारी र गाडी बाइक हरुमा ब्यानर राखी , कलाकार हरु गाडीमा बसेर इटहरी परिक्रमा गरेका थिए ।

परिक्रमाका क्रममा चौक र सडकमा रहेका दर्शकलाइ हात हल्लाउँदै अभिवादन गरेर , सिनेमा हेर्न निम्तो दिए । अगामी पुस २९ गते नेपाल सहित विभिन्न देशहरुमा एकसाथ प्रदर्शनको तयारीमा रहेको सिनेमा “तिम्रो मेरो साथ”का निर्देशक तथा निर्माता रमेश एमके पौडेल, कलाकारहरु सन्दिप क्षेत्री, पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह सहितको टोलीले , इटहरीमा पत्रकार सम्मेलन गर्दै सिनेमाबारे जानकारी दिएका छन ।
सिनेमा प्रेम कथामा आधारित थ्रीलर मुभि रहेको सिनेमाका निर्देशक पौडेलले बताए । धेरै सिनेमा निर्माण गरिसकेका पौडेलले यही सिनेमा मार्फत निर्देशन पक्षमा हात हालेका छन् ।
सिनेमामा हास्यकलाकार, अभिनेता तथा सञ्चारकर्मी सन्दिप क्षेत्री सहित पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सरोज खनाल, खड्ग बहादुर पुन(खबपु) लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

सिनेमा पुस २९ गते नेपालभर साथै अमेरिकामा ३० वटा, क्यानडामा २७ वटा, अष्ट्रेलियामा १६ वटा सिनेमा हलहरुमा प्रदर्शन हुने निर्देशक पौडेलले बताए ।
