Sur Cinema

Edit Content

ताजा अपडेट

१६ वर्ष लागेकी रेखा भन्छिन्,‘सिनेमा र बच्चा सँग-सँगै आउन सक्छन् ?

काठमाडौं :
गत लकडाउनको समयमा अभिनेत्री रेखा थापाले सिनेमा निर्माण गर्न लागेको हल्ला चल्यो । उनले सिनेमाका लागि आफुलाई सिलिम बनाउन घरमा नै वर्कआउट गरिन् । उनले सिनेमाका लागि १० केजी तौल घटाएको भन्दै समाचारका मसला बने । तर, उनले बनाउन लागेको सिनेमा अहिलेसम्म बन्न सकेको छैन । यहि समयमा अर्थात वि.स.२०७८ सालमा जाजरकोटका बलराम शाहीसँग विवाह गरिन् ।

सुटुक्क विवाह बन्धनमा बाँधिएकी रेखा अहिले आफ्नो व्यानर भन्दा बाहिरकोमा काम गरेकी छन् । उनले डाक्टर भोला रिजालको सिनेमा ‘ह्यारी कि प्यारी’को आइटम गीतमा कर्मर कर्माएकी छन् । बिहिबार यहि सिनेमाको गीत ‘धरहरा’ रिलिज कार्यक्रम राखिएको थियो । उक्त कार्यक्रममा उपस्थित भएकी रेखाले आफ्नो सिनेमा यहि फागुन र बैशाखमा दुइ वटा गर्न लागेको सुनाईन् । तर, उनको सिनेमा भन्दा पनि बढि पत्रकारले रेखालाई बच्चाको बारेमा चासो राखेका थिए ।

उनले सो क्रममा आफु भर्खर १६ वर्ष लाग्दै गरेको र बच्चाको बारेमा जोतिष हेराउनुपर्ने बताईन । ‘भर्खर त म १६ वर्षकी भएँ । म अलि धार्मिक भएकाले जुर्नु पनि पर्छ भनिन्छ । तर, सिनेमा र सन्तान सँग-सँगै देख्न पाइन्छ,’ उनले भनिन् ।

राजनितिमा समेत सक्रिय रहेकी रेखाले आफु सिनेमा भन्दा बाहिर जान नसक्ने बताउदै आफू जहाँ पुगे पनि पहिलो प्राथमिकतामा सिनेमा नै रहेको बताईन् ।
उनले भनिन्, ‘मैले सिनेमा खेले पनि वा नखेले पनि सिनेमा चाहिँ बनाउँछु नै । ९० वर्षको उमेरमा पनि एक्सन–कट भनेरै बस्छु, यदि सकिनँ भने सिनेमा निर्माण गरेर भए पनि बस्छु ।’
रेखा थापा नेपाली सिने क्षेत्रको आँटिली र हिम्मतवालीका नामले बढि चिनिन्छिन् ।