काठमाडौं :
आर्यन सिग्देल अभिनित सिनेमा ‘डिसेम्बर फल्स’ आजबाट देशभरका हलमा लागेका छ । एकलौटी शो पाएको सिनेमाका बारेमा नकरात्मक समाचार बाहिरिए पछि आर्यनले चित्त दुखाएका छन् । उनले सिनेमा नै नहेरि यसै हावाको भरमा नलाग्न समेत आफ्ना दर्शकहरुलाई आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्,‘✍ सिनेमा नै नहेरी यसै हावाको भरमा नबोलौ है ।’

उनले सिनेमा हेरेका दर्शकसँग सिनेमाको प्रतिक्रिया समेत मागेका छन् । उनले अगाडी लेखेका छन्,‘ आउनुहोस् अब एकै छिन सिनेमाको प्रतिकृया लियौ ? कतिपयले हेर्दै हुनुहुन्छ त कतिपयले भोली पर्सिलाई समय छुट्याउनु भएको होला ? आज ‘डिसेम्बर फल्स’ हेर्नु भएका रियल फ्यानहरूले भित्री हृदय देखि नै भनिदिनुस् कि सिनेमा के कस्तो लाग्यो ?’
सामाजिक सञ्जाल प्रयोगकर्ताले सिनेमा राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।
सिनेमालाई लिएर निकै उत्साहित भएका आर्यनले यो सिनेमाको सुरुवात बाटै आफै काममा खटिएका छन् । उनले आफ्नो यो सिनेमा एकदमै राम्रो बनेको प्रतिक्रिया दिदै आएका छन् । आर्यन र उपासना सिंह ठकुरीको अभिनय रहेको सिनेमालाई राम प्रसाद रिजालले लगानी गरेको हुन । सिनेमा प्रविण झा ले निर्देशन गरेका छन् ।