काठमाडौं
आज शुक्रबारबाट देशभरका सिनेमा घरमा ‘डिसेम्बर फल्स’ प्रदर्शन भएको छ । प्रवीण झाको निर्देशन रहेको यो सिनेमामा अभिनेता आर्यन सिग्देल, अभिनेत्री उपासना सिंह ठकुरी,सलोन बस्नेत, प्रभात पल, शिवहरि पौड्याल, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राणा लगायतको अभिनय छ ।
विपिका खनालको कथा, केदार भुसाल र प्रतीक पौडेलको पटकथा एवं संवाद रहेको छ । लभस्टोरी र एक्सन जनरामा निर्माण भएको सिनेमालाई रामप्रसाद रिजालले लगानी गरेका हुन् । यो सिनेमाले राम्रो कमाई गर्ने र दर्शकको माया पाउनेमा निर्माता रिजाल ढुक्क देखिएका छन् । उनका अनुसार सिनेमाले कमाईमा छलाङ मार्नेछ ।
राजकुमार भट्ट पनि निर्माता रहेको सिनेमामा लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता रहेको सिनेमाको छायांकन महेश आर गुप्ताको छ । त्यस्तै यस सिनेमालाई बनिष शाहले सम्पादन गरेका छन् ।