Sur Cinema

Edit Content

ताजा अपडेट

‘डिसेम्बर फल्स’को ट्रेलर रिलिज

काठमाडौं : नायक आर्यन सिग्देल र नायिका उपासना सिङ ठकुरी स्टारर सिनेमा ‘डिसेम्बर फल्स’को ट्रेलर रिलिज गरिएको छ। बिहीबार राजधानीमा प्रेसमिटको आयोजना गर्दै निर्माण टिमले २ मिनेट ३३ सेकेन्डको ट्रेलर रिलिज गरेको हो।

ट्रेलरमा उमेर अन्तरको प्रेममा आउने उतारचढावको कथा देखाइएको छ। प्रेम र द्वन्दको समिश्रण छ ट्रेलरमा। आधा ट्रेलरमा आर्यन र उपासनाको प्रेम देखाइएको छ भने आधामा द्वन्द देखाइएको छ।

३५ वर्षिय आर्यन कम उमेरकी नर्स उपासनाको प्रेममा पर्छन्। तर बढी उमेरका कारण उपासनाले आर्यनको प्रेममा पर्न चाहान्निन् । तर बिस्तारै आर्यनको प्रेममा उपासना पर्छिन् । पछि उपासना कार्यरत अस्पतालमा एक घटना गट्छ र उपासना समस्यामा पर्छिन। यही पेरिफेरिमा ट्रेलर टुंग्याइएको छ।

त्यसो त, ट्रेलरमा प्रेम, द्वन्द अनि कमेडिको पनि स्वाद लिन सकिन्छ। ट्रेलर हेर्दा पूरा सिनेमा मेकिङ उच्च भएको आभाष गर्न सकिन्छ। आर्यन र उपासनाको मिहेनत पनि निकै देखिन्छ।

आगामी पौष १५ गतेबाट प्रदर्शनमा आउन लागेको यस् सिनेमामा बिपिका खनालको कथा रहेको छ। सिनेमालाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

आर्यन र उपासनाका अलावा मुख्य यस् सिनेमामा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्मातामा भने लक्ष्मण रिजाल र असिम काफ्ले रहेका छन् ।

श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमालाई महेश आर गुप्ताले खिचेका हुन् । त्यस्तै बनिश शाहको सिनेमामा सम्पादन रहेको छ।