Sur Cinema

Edit Content

ताजा अपडेट

बिकल्प नपाउँदा सुहानाको जोडी धिरज !


काठमाडौं । सिनेमा ‘भगवत् गीता’ बनाउने भनेर झरना थापाले भन्न थालेको लामो समय भयो । उक्त समय ए मेरो हजुर सिक्वेलको प्रचारमा थप मसला पनि भर्नु भएकोले सिनेमाको बारे उनले बोलेकी थिइन । उक्त समय सुहाना थापा र अनमोल केसीलाई यो सिनेमामा खेलाउने भन्दै हल्ला गरियो ।

तर अनमोलले सिनेमा नगर्ने भनिदिए । त्यसो त पहिला नै उनी सुहाना सङ दोहोर्याएर काम गरिसकेका थिए । अनि कुरा चल्न थाल्यो धिरज मगरको । त्यही रिसले होला सुहाना अन्तर्वार्तामा पुगेर उनको बेस्ट हिरो धिरज भएको भन्न थालिन ।

धिरजलाई नै सिनेमामा लिने भन्दै खबर पनि बाहिरिए । तर दुखद पक्ष धिरजले आफुलाई स्कृप्ट नदिएको बताए भने उता थापा परिवार पारिश्रमिक बढी भनेको बताउन थाले । अनबन जस्तै नै भयो ।

यता प्रदर्शन मिति पहिला नै नया बर्ष भनिएको छ । टिमलाई प्रेसर पर्न थाल्यो । त्यसैले कलाकार आवश्यकता भन्दै बिज्ञापन नै गर्न थालियो । त्यही पोस्टमा भिन्न भिन्न कमेन्ट आउन थाले, खिसिट्युरी हुन थाल्यो । “कति रकम पुगेन?” भन्ने सम्म कमेन्ट गर्न थाले सन्जाल प्रयोगकर्ता ।

अडिसन दिन कोही आएनन या त योग्य कोही आएनन यो त उनै थापा परिवार जानुन । तर अडिसनबाट छान्ने भनेका हिरो छानिएनन र अन्तमा सम्झौता भयो धिरज सङै ।

सिने बृत्तमा सुहानाले हिरो पाउन नसकेको आरोप लाग्दै छ । अडिसन नै बोलाएर फेरि धिरजलाई लिएकोमा कतिपयले पब्लिसिटी स्टन्ट भन्दै छन त कतिले सुहानाको बोलीका कारण जोडी बन्न नखोजेको आरोप लगाएका छन ।
खैर, सत्यता त उनीहरुलाई नै थहा होला ।