Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘दोस्रो नेपाल मिडिया अवार्ड २०७९’ आयोजना हुने

काठमाडौं : सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘दोस्रो नेपाल मिडिया अवार्ड २०७९’ आयोजना हुने भएको छ । आगामी माघ १४ गते चन्द्रागिरी हिल्स रिसोर्टमा ड्रिम हाइ नेपाल प्रालिले अवार्ड समारोह आयोजना गर्न लागेको हो । अवार्ड समारोहमा नेपाल सरकारका बिशिष्ट व्यात्ति र २०० बढि पत्रकारको उपस्थितामा अवार्ड समारोहको आयोजना गर्ने तयारी ड्रिम हाई नेपालको छ ।

सक्रिय रुपमा पत्रकारिता गरिरहेका १० हजार बढि पत्रकारलाई प्रोहत्सान गर्ने उद्देश्यका साथ दोस्रो पटक नेपाल मिडिया अवार्ड २०७९ आयोजना गर्न लागिको ड्रिम हाई नेपालका सञ्चालक कमल जिसीले बताए । पहिलो सिजनमा भएका गल्तीहरु सच्याउँदै यसपटक विवाद रहित बनाउन लागि परेको सञ्चालक जिसी बताउँछन् । नेपाल मिडिया अवार्डमा सहभागी हुन चाहने पत्रकारले आफ्नो र कार्यरत मिडियाको परिचय खुल्ने गरी प्रसारण र प्रकाशन भएका सामाग्री dreamhighnepal@gmail.com मा पठाउन आव्हान गरिएको छ ।

कुल २५ विधामा वितरण गरिने अवार्डमा भाग लिन चाहाने सम्पुण पत्रकारहरुले आफ्नो स्टोरी सहित ड्रिम हाई नेपालमा सम्पर्क गर्न सञ्चालक जिसीले आग्रह गरे । २५ मध्ये यसवर्ष विभिन्न १० विधामा नगदसहित ट्रफी र प्रमाणपत्र र एक जना बरिष्ट पत्रकारलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड समेत प्रदान गरिनेछ । मिडिया अवार्डमा सहभागी बन्न चाहने देशैभर कार्यरत पत्रत्रकारहरुले पौष २० गते भित्र आफ्ना प्रकाशित तथा प्रसारित सामाग्री इमेलमा पठाई सक्नु पर्नेछ ।

टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाईन पत्रकारिता अन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरुको पछिल्लो एक वर्षयताको प्रकाशन र प्रसारण भएका सामाग्रीलाई सञ्चार विज्ञसहितको ३ सदस्यीय निर्णायक टिमले छनोट गर्नेछ ।

गत बर्ष लाइफ इन्सुरेन्स नेपाल (एलआईसी) मुख्य प्रायोजक रहेको नेपाल मिडिया अवार्डमा यसबबर्ष पनि थुप्रै कर्पोरेट हाउससँग प्रायोजकको लागि सम्झौताको तयारी भैरहेको छ । अवार्ड समारोहलाई भव्य र सव्य बनाउन कुनैपनि कमिकमजोरी नराखिने आयोजक संस्थाको तयारी छ ।