काठमाडौं ।
मानिसले जिवनमा कुनै एक पेसा गर्छ । तर कलाकारिता त्यस्तो पेशा हो जहाँ भिन्न भिन्न ब्यक्तित्व आफुमा परिक्षण गर्न पाइन्छ । एकै ब्यक्ती कहिले राजा बन्छ त कहिले रैती पनि । तर कलाकारमा नया नया चरित्रमा आउने हिम्मत भने हुन पर्यो । सरोज खनाल अभिनयको पर्याय हुन । उनी भिन्न चरित्रमा आउन मन पराउछन र आफुले पाएको भुमिकालाई न्याय दिलाउन हदै सम्मको मेहनत गर्छन । उनी नया सिनेमाको तयारीमा छन । सोही सिनेमाको लागि उनको मुर्ती बनाईदै छ ।

आफ्नो माटोको मुर्ती बनाउदै गर्दाको तस्विर उनले सामाजिक सन्जालबाट सेयर गरेका छन । सिनेमाको नाम नखुलाएका उनले दुई वटा तस्विर सार्वजनिक गरेका हुन । मुर्तिकार सहितको सार्वजनिक तस्बिर हेरेर दर्शकले उनको भुमिका बारे जान्न खोजेका छन । कसैले उक्त मुर्ती सिनेमा छायांकन पश्चात् पनि आफै सङ राख्न भनेका छन । तर सिनेमाको अन्तमा उक्त मुर्ती फोरिने छ र सरोजले उक्त मुर्ती आफै सङ राख्न भने पाउने छैनन । चरित्रमा प्रयोग गरिरहन मन पराउने सरोजलाई यस सिनेमाको समेत सफलताको शुभकामना ।