Sur Cinema

Edit Content

ताजा अपडेट

‘सरी मम्’को टिजर रिलिज, सर्‍यो प्रदर्शन मिति

काठमाडौं : नवीन बोगटी निर्देशित सिनेमा ‘सरी मम्’को टिजर रिलिज गरिएको छ। यस् सिनेमाकी कलाकार सरिता लामिछानेको जन्मदिनको अवसर पारेर निर्माण टिमले शुक्रबार टिजर रिलिज गरेको हो।

छोरा बिग्रीएर आमालाई दिएको दुखलाई टिजरमा देखाइएको छ। टिजर हेर्दा कौतुहलता जाग्छ। साँच्चिकै सामाजिक विषयवस्तुमा आधारित सिनेमाको आभास टिजरले दिन्छ।

टिजर रिलिजसँगै निर्माण टिमले नयाँ प्रदर्शन मिति समेत सार्वजनिक गरेको छ। यस् भन्दा अघि आगामी मंसिर १५ गतेलाई प्रदर्शन मिति तय गरेको टिमले प्राविधिक कारण देखाउँदै मंसिर २९ गतेलाई नयाँ प्रदर्शन मिति भनेर घोषणा गरेको छ।

सिनेमा मार्फत चेतनामुलक सन्देश दिने उद्देश्यले ‘सरी मम’ बनाइएको निर्माण टिमको दाबी छ। सिनेमाका कार्यकारी निर्माता विनोद लामा हुन् । सिनेमालाई देशका सातै प्रदेशमा प्रदर्शन गरिने निर्माण टिमले बताएको छ ।

सिनेमाको कथा पनि लामाको नै हो । ‘सरी मम’ एक सिनेमा मात्र नभएर कुलत बिरुद्धको सामाजिक अभियान समेत रहेको निर्माण टिमको दाबी छ।

सिनेमामा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल , प्रविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् ।

सिनेमामा दीर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन् । एनएफआई क्रियशनको तर्फबाट सिनेमा निर्माण भएको हो । टिजर..