Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

हिमाल राईको “लेकैमा चौरीगाई” सार्वजनिक

काठमाडौं ।
ललितपुर पुल्चोक स्थित नाइटिङ्गेल स्कुलमा एक औपचारिक कार्यक्रम गर्दै हिमाल राईको गीत “लेकैमा चौरीगाई” सार्वजनिक गरिएको छ । कविता आले, धिरज राई तथा रन्जना प्रधानको आतिथ्यतामा रोशन वान्तवा राईले कार्यक्रम सन्चालन गरेका थिए । सार्वजनिक गीतमा राईलाई सुनिता थेगिमले स्वरमा साथ दिएकी छन । भिडियोमा आभा थापा, सागर लोप्चन, टीका मगर र इशा आङदेम्बेको अभिनय तथा नृत्य रहेको छ ।

भानु भक्त ढकालको शब्द रचना रहेको गीतमा मोहन कुमार मगरले सङीत गरेका छन । रोशन बान्तवाको सङीत सम्योजन रहेको गीतको भिडियो मोहनले नै निर्देशन गरेका छन । मुकेश हुमागाईको टिमले छायांकन गरेको भिडियो कलेपेश बिश्वकर्माले सम्पादन गरेका हुन ।

गायक राईले केही अंस गीत समेत गाएर उपस्थित सबैलाई मनोरन्जन गराएका थिए । भिडियोका सम्पुर्ण टिम तथा उपस्थित अतिथीलाई मायाको चिनो प्रदान गरि अपनत्व देखाइएको थियो ।