काठमाडौं । सिनेमा “तिम्रो मेरो साथ”को टिजर सार्वजनिक भएको छ । आगामी पौष २९ गतेबाट प्रदर्शनमा आउने सिनेमामा अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको छ ।
रमेश एमके पौडेल निर्देशित सिनेमामा पुष्प र साम्राज्ञीको अलावा सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन खबपु लगायतको मूख्य भूमिका रहेको छ । पौडेलको निर्देशकिय डेव्यु समेत रहेको यस सिनेमा’मा पौडेल कै कथा, गीत र लगानी रहेको छ ।
सिनेमा सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले मिलेर लेखेका हुन् । आर्यन फिल्मस् र बोधी एचडिको ब्यानरमा निर्माण भएको सिनेमामा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सहनिर्माताका रूपमा रहेका छन् । सिनेमाको कार्यकारी निर्माता सविर श्रेष्ठ हुन् ।