काठमाडौं ।
सिनेमाको प्रिमियर गरेर आफ्नो कामको बारे दर्शक माझ पुर्याउने गरिन्छ । त्यसैले पनि पत्रकार बोलाएर प्रिमियर गर्ने प्रचलन फस्टाएको छ । तर केही सिनेकर्मीमा भने कन्ट्रोभर्सी गरेरै सिनेमा हलमा लगाउ भन्ने हुन्छ झै देखिएको छ । कुनै पनि सिनेमा आफैमा राम्रो छ भने त्यसको लागि माउथ पब्लिसिटी नै काफी हुन्छ । तर दुई दिन दर्शक हल सम्म तान्न अनेक तिकिडम गर्नेको पनि कमि छैन । तर सिनेमा “मिलन” को प्रिमियरमा अझ फरक अवस्था देखियो ।

प्रिमियर, प्रिमियर कम र सलोन बस्नेतको विवाहको छिनोफानो गर्ने कार्यक्रम धेर देखियो । त्यसो त सलोनको सोलो सिनेमा चलेको रेकर्ड नै छैन । उनी सहायक रोल कै लागि बनेका हुन भनेर धेरै ट्रोल समेत बन्ने गरेको छ । तर सलोन बस्नेत मुख्य भुमिकामा रहेको मिलन सिनेमाको प्रिमियरमा सिनेमाको चर्चा कम र उनको विवाह विशेष कुरा धेरै देखियो । अझ कम पनि किन भन्ने सिनेमाको त कतै चर्चै भएन । यही शुक्रबार अर्थात मङ्सिर ९ बाट हलमा लाग्ने सिनेमा भन्दा मङ्सिर १२ गते हुन गै रहेको सलोनको बिहेको चर्चा देखियो । शो पछिको प्रेसमिट प्रेसमिट कम सम्धी भेटघाट कार्यक्रम ज्यादा देखिन्थ्यो ।

यही सिनेमामार्फत कुसल शाह ठकुरी र शिल्पा थापाले डेब्यु गर्दै छन । तर सलोनको बिहेले यी दुई यसै कतै हराएका छन । उनीहरुको चर्चा न त टिमले गर्न खोज्यो न त यी दुई समाचार शीर्षक बन्न सके । पहिलो सिनेमा नै करियरको घाटाको सिनेमा बन्ने देखियो । टिमले नया कलाकार लिएर मात्रै नहुने उनीहरुलाई पनि केही स्पेस दिएको भए हुने भन्ने बिषय खड्कीनै रह्यो ।
टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको सिनेमामा सलोन, शिल्पा र कुसल बाहेक शिशिर वाङ्देल, सुमीन गुरुङ, जानुका पौडेल लगायतको अभिनय रहेको छ ।