Sur Cinema

Edit Content

ताजा अपडेट

ओएसआरले पायो “छक्का पन्जा ४” को डिजिटल अधिकार

काठमाडौं ।
छक्का पन्जा टिम भन्ना साथ नेपाली सिने क्षेत्रमा सफल फिल्म बनाउने टिम भनेर चिनिन्छ । यो टिममा काम गर्न कलाकार मरिमेट्छन । केमियो भुमिका कै लागि भए पनि कलाकार यो टिम सङ जोडिन चाहन्छन । चर्चाका लागि यो टिम सङ जोडिनु नै काफी भएको सत्यतालाई नकार्न सकिँदैन ।

फागुनको १९ गतेबाट यही टिमको सिनेमा “छक्का पन्जा ४” लाग्दै छ । जसलाई बर्षकै प्रतिक्षित सिनेमाको रुपमा हेरिएको छ । अब भने टिमले यो सिनेमाको डिजिटल अधिकार ओएसआर डिजिटललाई बिक्री गरेको छ । ओएसआरका प्रमुख ओम अग्रवाल र सिनेमाको टिमले संझौता पत्रमा हस्ताक्षर गर्दै सिनेमा आधिकारिक रुपमा डिजिटल राइट ओएसआरलाई जिम्मा लगाएको हो । यो सिनेमाले बक्स अफिसमा मात्र नभएर डिजिटल बजारमा पनि धमाका मच्चाउने अपेक्षा गरिएको छ ।

दीपकराज गिरीको टिमले बनाएको यो सिनेमालाई हेमराज बीसीले निर्देशन गरेका हुन् । सिनेमामा दीपकको साथमा केदार घिमिरे, दीपाश्री निरौला, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी लगायतको अभिनय छ । यो टिमले सिनेमा ‘छ माया छपक्कै’को डिजिटल अधिकार भने आफैसँग राखेको थियो ।