Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘सोल अफ द कमाण्डो’ ट्रेलर

काठमाडौँ
सन् १९९८ मा ‘कमाण्डो’ मा मुख्य भुमिकाको रुपमा काम गरेका राजकुमार राईको २४ वर्ष पछि फेरी ‘सोल अफ द कमाण्डो’ बाट अभिनय क्षेत्रमा पुनरागमन भएको छ । । उक्त सिनेमाको आज काठमाडौँको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा ट्रेलर सार्बजिक गरिएको थियो ।

सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक तथा सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको नाम उच्च राख्न सफल तेक्वान्दो खेलाडी रहेका राईले नेपाली सिनेमा क्षेत्रमा पनि बिशेष योगदान पुर्याएका छन्।

सिनेमामा राजकुमार राई संगै शिशिर वाङ्ग्देल, नरेन खड्का,शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, कमला खापुङ्ग लिम्बु, सुष्मिता लिम्बुको पनि मुख्य अभिनय रहेको छ ।

सिनेमामा निर्देशन युवराज राईले गरेका हुन् भने कार्यकारी निर्माता, विजय एल राई हुन्। सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको सिनेमाको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन् ।

सिनेमामा छायांकन दिर्घ गुरुङको रहेको छ भने द्वन्द्व निर्देशन एनबी महर्जनको रहेको छ । प्रोडक्सन मेनेजर विमल धमला र सीमा राई हुन् भने सिनेमाको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। सिनेमा मंसिर २३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।