Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पुष्प र वर्षाको ‘मनसँग मन’ माघ २० बाट

काठमाडौं
सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमा ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । भारतमा रिलिज भैसकेको यो सिनेमाले राम्रो प्रतिक्रिया पनि पाएको थियो । कैलाश राइको निर्देशनमा तयार भएको यो सिनेमालाई अरुण तामाङले निर्माण गरेका हुन् ।

यो सिनेमालाई माघको २० गतेबाट देशभर रिलिज गर्ने निर्माणपक्षले पक्का गरेको छ । यो सिनेमामा नायक पुष्प खड्का, नायिका वर्षा सिवाकोटी, कलाकारहरु वुद्दि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्ते दाको अभिनय छ । सिनेमामा नायक पल शाह र नायिका पूजा शर्माको पनि विशेष भूमिका छ ।

सिनेमामा अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन छ । सिनेमालाई लभ स्टोरी जनरामा निर्माण गरिएको छ । सिनेमाको २ वटा गीत पनि निर्माणपक्षले सार्वजनिक गरिसकेको छ । यो सिनेमालाई भारतमा रुचाइएपछि फेरि मंसिर २५ गतेबाट दिल्ली, गुजरात, आसाम लगायतका शहरमा रिलिज गर्न लागिएको निर्माणपक्षले बताएको छ ।