Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

भुवन भन्छन् , ‘प्रदीपको प्रेमगीत बाहेक कुन चाहिँ सिनेमा चल्या छ र ?’

काठमाडौं : यतिबेला युट्युब खोलेर हेर्ने हो भने अभिनेता भुवन केसीका अन्तर्वार्ता यत्रतत्र सर्बत्र देख्न सकिन्छ। भुवनले दिएका अधिकांश अन्तर्वार्ता नायक प्रदीप खड्का लक्षित छन् ।

प्रदीप खड्का र भुवन केशीको जुवारी कहिले देखि सुरु भयो भनेर खोज्न धेरै टाढा जानै पर्दैन। केही महिना अघि रिलिज चलचित्र ‘प्रकाश’को रिलिजताका देखिनै भुवनमाथि प्रदीप खनिने र प्रदीप माथि भुवन खनिने क्रम चलेको हो।

यो क्रम चलचित्र ‘प्रेमगीत ३’ रिलिज हुँदा पनि जारी रह्यो। चलचित्रलाई शो दिन चलचित्र विकाश बोर्डले कन्जुस्याइँ गरेको प्रदीपको आक्रोश थियो। सिधै भन्नुपर्दा चलचित्र विकाश बोर्डका अध्यक्ष समेत रहेका भुवन केसीले ‘प्रकाश’, ‘प्रेमगीत ३’, रिलिजमा राजनीति गरेको आरोप प्रदीप खड्काले केही हप्ता अघि लगाएका थिए।

हो, यही आरोपको खण्डन गर्दै अभिनेत एवम् चलचित्र विकाश बोर्डका अध्यक्ष समेत रहेका भुवन केशी यतिबेला विभिन्न मिडिया धाउँदै हिडेका छन् ।

उनले एक अन्तर्वार्तामा प्रदीपका पहिलेका चलचित्रहरु फ्लप हुनुमा भुवन केशीको हात थियो त ? भनेर प्रदीपलाई प्रतिप्रश्न समेत गरेका छन् ।

यतिमात्र कहाँ होर, उनले एक युट्युब च्यानलको अन्तर्वार्ताको क्रममा प्रदीपलाई लक्षित गर्दै भनेका भनेका छन् , ‘त्यो नायकको पहिलेका चलचित्र कुन चाहिँ चल्या थ्यो र ? त्यतिबेला त म चलचित्र विकाश बोर्डको अध्यक्ष थिइँन त ।’

साथै, प्रदीप खड्काको कन्फिडेन्ट पावर नभएर विकाश बोर्डमाथि खनिँदै प्रदीप हिडेको भुवनले अन्तर्वार्तामा भनेका छन् ।

भुवनले यतिबेला प्रदीपको बारेमा विभिन्न मिडियामा विभिन्न कुराहरु भन्दै हिडेपनि प्रदीप भने मौन छन् यतिबेला । यो भुवन र प्रदीपको जुहारी यतिकै सकिएला कि अझैं लम्बिएला ? त्यो त उनीहरु नै जानुन।