Sur Cinema

Edit Content

ताजा अपडेट

दुई पुस्ताको बिचमा आउने उत्तार चडाप ‘महापुरूष’ ट्रेलर

काठमाडौं:- सामाजिक विषयवस्तुमा आधारित फ्यामिली ड्रामा, माया, प्रेम, विछोड, विद्रोह, असन्तुष्टि र प्राप्ति मिस्रित सिनेमा ‘महापुरुष’ को ट्रेलर केन्द्र मोसन पिक्चर्सको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको छ। उक्त् ट्रेलरमा समाजले कसरी मान्छेलाई महापुरूष बनाउँछ भन्ने स्थितिलाई देखाउछ ।

छोराको बिहे गर्ने समयमा बुढ्यौली बा को अंकुराएको प्रेम र बिहे गर्ने निर्णय पछि आउने उतार-चढावमा सिनेमा केन्द्रित रहेको ३ मिनेट ८ सेकेन्ड लामो ट्रेलरबाट प्रस्ट्याइएको छ । 


‘टलकजंग, टुल्के,जात्रा र जात्रै जात्रा जस्ता सफल सिनेमा निर्माण गरेको षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको सिनेमा ‘महापुरुष’ मा मदनकृष्ण र हरिवंशसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री,अञ्जना बराइली,राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेल लगायत कलाकारको अभिनय रहेको छ ।

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता र म्याक्स दिपेश खत्री सिनेमाका निर्माता हुन्। दीपक बज्रचार्यले छायांकन गरेको सिनेमालाई मित्रदेव गुरुङले सम्पादन गरेका छन्। सिनेमामा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ भने सिनेमा कार्तिक ११ गतेबाट रिलिज हुदैछ।