Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पुष १५ मा ऋचाको ‘कौसिद’

काठमाडौँ:- बड पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमा ‘कौसिद’ को प्रदर्शन मिति धोषणा गरिएको छ । सिनेमा आगामी पुष १५ गते बाट देशभर प्रदर्शनमा आउने भएको छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको सिनेमालाई कुमार भास्करले निर्देशन गरेका हुन् ।

सिनेमामा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमा ‘कौसिद’का निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।

सिनेमामा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको पटकथा रहेको छ । निसल पौडेलले खिचेको सिनेमालाई मित्र डि. गुरुङ र भीम विश्वकर्माले सम्पादन गरेका हुन् । ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको सिनेमाले अहिलेको समय र परिस्थितिको बास्तबिकता चित्रण गरेको छ। सिनेमाको वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ। केहि समय अघि नै प्रदर्शन मिति तोकिएको सिनेमा बिबिध प्राबिधिक कारणले रिलिज पोस्टपोन्ड गरिएको थियो।