Sur Cinema

Edit Content

ताजा अपडेट

पूर्ण विष्ट र प्रविशा अधिकारीको स्वरमा ‘परेलीको इसाराले मलाई बोलाउन’

काठमाडौं:- गीतकार हरि उप्रेतीको नयाँ गीत ‘परेलीको इसाराले मलाई बोलाउन’ सार्वजनिक भएको छ । पूर्ण विष्ट र प्रविशा अधिकारीको स्वर, विकास चौधरीको सङ्गीत र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । गीतको भिडियो लाई पूर्ण विष्ट अफिसियल यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हरि उप्रेती नेपाली साहित्य तथा गीत, सङ्गीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण-२’ गीति एल्बम श्रोता/दर्शकमाझ आएका छन् ।उहाँका धेरै गीत लोकप्रिय रहेका छन् भने गीतसङ्गीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । यस्तै उहाँको हालै गजलसङ्ग्रह ‘गुनासो’ पाठकमाझ आएको छ ।