Sur Cinema

मेलिना र कमलले गरे विवाह

काठमाडौं । गायिका मेलिना मैनाली र कमल खत्रीले विवाह गरेका छन । यी दुईले केही हप्ता अघि मात्रै फुलमाला गरेका थिए । खुला प्रेममा रहेका उनीहरुले सामाजिक सन्जालमा पोस्ट गर्दै विवाह गरेको जानकारी दिएका हुन ।
सामान्य ढङ ले विवाह पारिवारिक सदस्यको उपस्थितीमा सम्पन्न भएको छ । साथै यी दुईले विवाहको खर्च असाहायको सहयोगमा खर्चिने बाचा गरेका छन ।
दुबैले सामाजिक सन्जालमा एकै प्रकारको पोस्ट गरेका छन । उनीहरु लेख्छन,”केहि हप्ता पहिले ईङ्गेजमेन्ट गरेका हामी दुबै जना आज बाट वैवाहिक बन्धनमा बाधिएका छौ । घर परिवारको उपस्थितिमा मात्र सामान्य तरिकाले हामीले बिबाह गरेका हौ,विहेमा लाग्ने खर्च गरिब असहायलाई सहयोग गर्ने भनेर हामीले हाम्रो वैवाहिक जिवनको सुरूवात गरेका छौ। जिवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने बाचा गर्दै हामीले रितिरिवाज अनुसार विवाह गरेका छौ । र सबैमा बिजया दशमि सुभ कामना 🙏Lots of love 😍😍😘❤️❤️❤️”
सुरसिनेमाको तर्फबाट नवविवाहित दम्पतीलाई शुभकामना ।