Sur Cinema

Edit Content

ताजा अपडेट

सलोनको हातमा प्रेमिकाको ट्याटु

३ कार्तिक २०७९
काठमाडौं : एक्स्क्ल्युसिभ हाल कलाकार सलोन बस्नेतको विवाहको चर्चा छ । अभिनय अब्बल हुदा हुँदै पनि सोलो अभिनय रहेको फिल्म नफापेका उनको प्रेमको चर्चा पनि समय समयमा हुने गरेको छ । यही प्रेमलाई सार्थकता दिदै उनको विवाहले चर्चा पाइरहेको छ । उनी करिश्मा नाम गरेकी युवतीको प्रेममा छन ।

केही समय गोप्य राखे पनि उनीहरुको प्रेम पछिल्लो समय सामाजिक सन्जाल भरी देखिने गरेको थियो । हाल त सलोन प्रेमिका सङै विभिन्न सार्वजनिक समारोहमा समेत देखिने गरेक थिए । आज यो जोडीको विशयमा सुरसिनेमालाई एउटा एक्स्क्लुसिभ खवर प्राप्त भएको छ ।

सलोनले करिश्माको नामको ट्याटु आफ्नो हातमा बनाएका छन । यो ट्याटु मार्फत उनले आफ्नो प्रेमलाई नमेटिने छाप दिएको देख्न सकिन्छ । हाम्रो तर्फबाट समेत यी दुईलाई अमिट सम्बन्धको शुभकामना । साथै मङ्सिरमा हुने विवाहको लागि हार्दिक बधाई ।