Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

पनौतीमा जन्मिएको थियो ‘महापुरुष’

२ कार्तिक २०७९
काठमाडौं ः सामाजिक सञ्जाल तथा युटुबमा यति बेला सिनेमा ‘महापुरूष’को चर्चा छ । यहि कात्तिक ११ गते (भाइटीकाको भोलिपल्ट) देखि देशभर प्रदर्शन हुन लागेको सिनेमाको प्रमोशन गर्ने शैलीले पनि चर्चा पाएको हो ।
सिनेमा को नाम नै ‘महापुरुष’ भएपछि धेरैको चासो बढेको देखिन्छ । एक समयका चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ,हरिवंश आचार्य देखि अहिलेका युवापुस्ताको अभिनयलाई लिएर निर्माण भएको सिनेमा हो । यो फिल्मको नाम कसरी जुरेको थियो भन्ने बारेमा निर्देशक प्रदीप भट्टराईले बेलिबिस्तार लगाएका छन् ।

सिनेमाको नाम ‘महापुरुष’ भन्नु अघि अरु नै नाम सोचिएको रहेछ ।
‘हामीले महापुरुषको सब्जेटलाई अन्तत ः छान्यौ कि यसपाली गर्नुपर्ने काम यहि भनेर सुरु गरेको हो।’निर्देशक भट्टराई भने,‘हामीले यो सिनेमालाई वर्किङ टाइटल अथवा दर्ता हुनु भन्दा अगाडी अरु पनि टाइटल थिए । हामीले शुभ विवाह राख्ने कि भन्ने भएको थियो । फेरि एउटा शुभ विवाह अशुभ विवाह कसरी हुन्छ भन्ने कुरा टिममा चल्यो । यो टाइटल हल्का पनि लाग्यो र हामीले विषयवस्तु जुन गहिराईका साथ हेरिराखेका थियौ । धेरै टाइटलहरुमध्येबाट हामीले महापुरुष छानेका हौ ।’उनको यो सिनेमाको नाम छान्दा राजधानी बाहिर जाँदा जुरेको थियो । नाम जुराउने काम अभिनेता हरिवंशले गरेका थिए ।


निर्देशक भट्टराईले भने,‘टाइटल खोज्दै जाँदा पनौतीमा जाँदा त्यहाँ नाम जुरेको थियो । पहिलो लकडाउनको अघिल्लो दिनमा जुरेको टाइटल हो यो । सिनेमा भित्र एउटा डाइलक छ । त्यहि डाइलक अनुसार के टाइटल राख्ने भन्दा महापुरुष राखुम न भन्ने कुरा हरि दाइले भनेपछि यसैलाई डन गरिएको थियो ।’

प्रदीप भट्टराई निर्देशित सिनेमामा हरिवंश आचार्यले श्रीमती गुमाएपछि दुई छोराको एकल बुबाको भूमिका निर्वाह गरेको कथामा सिनेमा निर्माण भएको हो ।
केहि दिन अघि रिलिज सिनेमाको ट्रेलरमा एकल बुवाले बुढेसकालमा विवाह गर्न लागेको कथालाई देखाउन खोजिएको छ।
षट्कोण आर्ट्सको ब्यानरमा निर्मित सिनेमा ‘महापुरूष’मा मदनकृष्ण, हरिवंश, रविन्द्र र अरुणसँगै गौरी मल्ल, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुईँटेल लगायत कलाकारको अभिनय छ।
सिनेमाको म्याक्स दिपेश खत्री निर्माता हुन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन् । निर्माण टिमले सिनेमा प्रचारका लागि देशका मुख्य शहरहरुमा सास्कृतिक कार्यक्रम गरि राजधानी फर्किसकेको छ ।