Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

खसिनी काण्डले पछ्याएपछि आशिकाको आक्रोश

११ असोज २०७९
काठमाडौं:- अभिनेत्री आशिका तामाङले आफू परिवर्तन भए पनि समाज परिवर्तन हुन नसकेको दुखेसो पोखेकी छिन् । आफ्ना पुराना भिडियोहरु सामाजिक संजालाहरुमा पूर्ण प्रसारण गरेर भाइरल बनाउने प्रयास भएपछि तामाङले यस्तो आरोप लगाएकी हुन् ।

केहि बर्ष अगाडीको एउटा भिडियोलाई लिएर आशिकाको यस्तो प्रतिक्रिया आएको हो । ३ वर्ष अगाडि उनले दशैमा हुने गरेका काटमारको विषयमा प्रतिक्रिया दिँदै खसीबोकालाई काटमार नगर्न आग्रह गरेकी थिइन् । खसी खसिनीहरुलाई नकाट्न गरेको आग्रह र उनीहरुको पनि परिवार हुने भन्दै तामाङ्ले गरेको आग्रह सामजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रत्येक वर्ष दशै नजिकिएसँगै सोही भिडियो भाइरल बनाउने गरिएकोमा उनले आपत्ति जनाएकी छिन् । आफूमा धेरै परिवर्तन आएको र त्यो अपरिपक्क उमेरमा भएका गल्तिहरु कोट्याएर तथा आफूलाई ट्याग गरेर हैरान नबनाउन उनले आग्रह गरेकी छिन् ।