Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

अदालतमा दुई नायकको सुनुवाई

२ असोज २०७९ :-
नेपाली फिल्म क्षेत्र विवादबाट अछुतो नरहेको सत्यलाई नकात्न सकिँदैन । तर अब त यस्तो भैसक्यो धेरै कलाकर्मीको नाम अदालत सम्मै तानिन थालेको छ । यसै बिच दशै नजिकिदै गर्दा फिल्मको बहस चलिरहदा दुई नायकको नाममा अदालतमा आज असोज दुई गते सुनुवाई हुँदै छ ।
नाबालिग बलत्कार अभियोगमा थुनामा रहेका नायक पल शाहको आज जिल्ला अदालत तनहुमा सुनुवाई आज नै हुँदै छ । नवलपुरमा समेत जाहेरी परेकोमा त्यहाबाट उनलाई दुई बर्श छ महिनाको जेल सजाय सहित पच्चिस हजार जरिवाना र दस लाख क्षतीपुर्ती सहितको सजायको फैसला केही हप्ता अघि भएको थियो । उनी माथी बाल यौनदुव्र्यवहारको आरोप पुष्टि न्यायलयले गरेको छ । भलै यो फैसला बिरुद्ध उनका वकिल उच्छ अदालत पोखरा जाने तयारीमा छन । आज हुने फैसलाले बलत्कारको मुद्धा माथी सम्बोधन गर्ने जानकारहरु बताउछन ।
त्यस्तै नवनिर्वाचित चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी बिरुद्धको मुद्धामा समेत आज सुनुवाइ हुँदै छ । उनी बिरुद्ध शैक्षिक योग्यत नपुगी जाली प्रमाण पेस गरेर बोर्ड अध्यक्ष बनेको आरोप छ । यो जाहेरी उनी सङै प्रतिशपर्धामा उतृएका फिल्म्कर्मीले दिएका थिए । त्यसो त उनको चरित्रलाई लिएर पनि समय समयमा विवाद भैनै रहने गरेको छ । यसरी हेर्दा चलेका दुई नायकको बिशयमा आज अदालतमा नाम आउने छ, र सम्भवत पलको भने फैसला हुने छ ।