Sur Cinema

बल्छी ध्रुवेको ‘गोबर गणेश’को गरियो शुभ मुहूर्त, छायांकन सेड्युल ३५ दिन

​काठमाडौं । मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को निर्देशनमा बन्ने सिनेमा ‘गोबर गणेश’ को आज शुभमुहूर्त गरिएको छ । काठमाडौंको म्हेपी मन्दिरमा क्यामेरा पूजा गरेर सिनेमाको छायांकन सुरु गरिएको हो ।

करिब ३५ दिनको छायांकन सेड्युल रहेको यो सिनेमा काठमाडौं लगायत पोखरामा पनि खिचिनेछ ।

​बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको यस सिनेमामा अभिनेत्री वर्षा सिवाकोटी छिन् भने मरिचमान श्रेष्ठ, विनोद न्यौपाने, विल्सन विक्रम राई, निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहनेछ ।

​’मेरी बास्सै’, ‘हल्का रमाइलो’ र ‘जुठे’ जस्ता टेलिचलचित्रबाट लोकप्रिय बनेका मरिचमानको यो पहिलो फिचर सिनेमा निर्देशन हो । ‘गोबर गणेश’ माघ १ गते रिलिज हुनेछ ।