Sur Cinema

‘कहाँ गयौ तिमी…’ निर्माण घोषणा

काठमाडौं : सिनेमा ‘कहाँ गयौ तिमी…’ निर्माणको घोषणा गरिएको छ । सहारा फिल्म्सको प्रस्तुति रहने सिनेमाको शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन पारेर टाइटलसहित निर्माण घोषणा गरिएको हो । फिरोज तिमलसेनाले निर्देशन गर्ने सिनेमा लभस्टोरी जनरामा रहनेछ ।

पोस्टरमा रहेको कालो बादल र एकान्तमा रहेको एउटा घर र रूखले छोडिएको मायाको वरिपरि कथा रहने संकेत गरेको छ । टाइटलमा रहेको कालो र रातो कलरले पनि शंकाबीचको प्रेम, आशा, विछोड र मिलनको कथा सिनेमाले भन्ने अनुमान लगाउन सकिन्छ । जीवन आचार्यको कथा रहने सिनेमामा प्रकाश नेपालीको संगीत रहनेछ ।