Sur Cinema

अभिनेत्री बेनिशा हमाल भूकम्प–सुरक्षित घरको ‘ब्रान्ड एम्बासडर’ बनिन्

काठमाडौं: अभिनेत्री बेनिशा हमाल अब केवल पर्दामा मात्र होइन, वास्तविक जीवनमा पनि सुरक्षित घरको अभियानमा जोडिएकी छन्।

उनलाई गैर–आवासीय नेपालीद्वारा स्थापित संस्था IDEA FOR WORLD DREAMS COME TRUE ले भूकम्प–प्रतिरोधी डोम हाउस (गुम्बज घर) प्रवर्द्धन गर्ने अभियानको ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।

यो संस्थाले नेपालमा भूकम्पपछिको पुनर्निर्माणलाई ध्यानमा राख्दै बलियो, सस्तो, र वातावरणमैत्री डोम हाउसको निर्माणमा जोड दिएको छ। यी घरहरू भूकम्प, आँधी–हुरी र अन्य प्राकृतिक विपत्तिबाट सुरक्षित हुने दाबी गरिएको छ।

संस्थाका अनुसार, बेनिशाको लोकप्रियताले यो महत्वपूर्ण अभियानलाई जनस्तरसम्म पुर्‍याउन मद्दत पुग्नेछ। डोम हाउसको नमुना संरचनाहरू विभिन्न प्रदेशमा बनाएर परीक्षण गरिएपछि यसलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याइनेछ। यो नयाँ प्रविधिले नेपालमा दिगो र सुरक्षित आवासको समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।