Sur Cinema

बंगलादेशमा पहिलो पटक नेपाली सिनेमा ‘मिसिङः केटी हराएको सूचना’ (तस्वीर सहित)

काठमाडौं : सामाजिक सञ्जालमा भेटिएको युवायुवतीको कथा प्रस्तुत गरिएको नाजिर हुसेन र सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा सिनेमा ‘मिसिङः केटी हराएको सूचना’ बंगलादेशमा पहिलो पटक रिलिज भएको छ ।

दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको फिचर सिनेमा बंगलादेशमा प्रदर्शन हुने पहिलो नेपाली सिनेमा भएको निर्माण टीमले जनाएको छ । उक्त कार्यक्रममा नेपालबाट निर्देशक गौचन र कलाकार नाजिर हुसेन सहभागी भएका थिए ।

प्रदर्शनका क्रममा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी लगायत निर्माण टीम र त्यहाँ रहेका नेपालीहरुसहित ५ सय जनाको सहभागिता रहेको थियो । बंगालीकम्पोजर तथा सिंगर जेफर लगायत सिनेमाका निर्देशक, कलाकार र प्रोड्युरहरु पनि रिलिज कार्यक्रममा सहभागी थिए ।

photo : Suraj Dhami