Sur Cinema

‘जहाजैमा’ वर्षा : उत्कृष्ट टिमसँग काम गर्ने अवसर पाएकोमा खुसी छु !

काठमाडौं : निर्देशक कृषा चौलागाईको निर्देशनमा बन्न लागेको सिनेमा ‘जहाजैमा’ मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन् । निर्माण टिमले शनिबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो ।

अनुबन्ध पश्चात् सिवाकोटीले कथा र टिम मन परेको कारण सिनेमामा काम गर्न सहमति जनाउँदै उत्कृष्ट टिमसँग काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन्।

यसअघि सिनेमामा केदार घिमिरे ‘माग्ने बुढा’, सौगात मल्ल, कर्मा शाक्य र जापानी अभिनेत्री रुजेल इचिमिया अनुबन्धित भइसकेका छन्। अन्य कलाकारको छनोट अन्तिम चरणमा रहेको निर्माण पक्षले जानकारी दिएको छ।

सिनेमाको कथा अभिमन्यू निरवीले लेखेका छन् भने छायांकन (डीओपी) पुरुषोत्तम प्रधानले सम्हाल्ने छन्। उज्ज्वल गुरागाईंको निर्माण रहने सिनेमा यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण गरिनेछ ।

केपी फिल्म्सको सहकार्यमा बन्ने यो सिनेमाको छायांकन आउँदो भदौ महिनाबाट जापानमा सुरु गरिनेछ । नेपाल, जापान र फिलिपिन्समा छायांकन हुने सिनेमाको प्रि-प्रोडक्सनको काम तीव्र गतिमा भइरहेको छ ।

आउँदो फागुन १ गतेदेखि प्रदर्शनमा ल्याइने सिनेमाको वितरण आर.आर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले गर्नेछन्।