Sur Cinema

गीत‘लाली पाउडर लाया जसी’ : लय, शैली र प्रस्तुतिकरण उत्कृष्ट

काठमाडौं : सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक भएको छ । गायक रोशन टमट्टा र गायिका संगीत बडुवालको स्वरमा प्रस्तुत गीतले लोकशैलीमा आधारित समसामयिक सन्देश बोकेको छ ।

गीतका शब्द र संगीत स्वयं संगीत बडुवालले तयार गर्नुभएको हो । दीपक संगमबिगीतको संगीत जत्तिकै आकर्षक भिडियो पक्ष पनि तयार पारिएको छ । भिडियोमा दीपक संगम बिसी, मिराजविक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास),गणेश जीसी र मीना बडुवालको अभिनय छ ।मिराजविक्रम सिंहको निर्देशन र नृत्य निर्देशनमा तयार भएको भिडियोमा छायांकनर रंग संयोजन अमित बीकेले गर्नुभएको छ भने दृश्य सम्पादन राजेश बोहराले गर्नुभएकोछ ।

शैली, लय र प्रस्तुतिकरणका दृष्टिले उत्कृष्ट बनेको यो गीतले विशेषगरी देउडागीतप्रेमी दर्शक–स्रोतामाझ लोकप्रियता हासिल गर्ने अपेक्षा गरिएको छ । गीतको भिडियो गायक रोशनको अफिसियल युट्यूबमार्फत सार्वजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=7AXLmpJxKcI