काठमाडौं : उडान स्टुडियोको प्रस्तुति रहेको सिनेमा ‘आशा’को छायांकन निर्धारित एकमहिने सेड्युलअनुसार सम्पन्न भएको छ। निर्मात्री शर्मिला थापाका अनुसार सिनेमाको छायांकन काठमाडौं उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो।
छायांकन सम्पन्न भएसँगै सिनेमा पोस्ट प्रोडक्सनमा प्रवेश गरेको छ। निर्मात्री थापाले कलाकार तथा प्राविधिकको मेहनतका कारण योजना अनुसार काम सम्पन्न भएको र नेपालीपन बोकेको पारिवारिक कथालाई उत्कृष्ट प्राविधिक पक्षसहित दर्शकमाझ ल्याउने बताइन्।
सिनेमाको इन्डक्ल्याप समारोहमा प्राविधिक अर्जुन घिमिरेलाई उनकी श्रीमतीको ब्लड क्यान्सर उपचारका लागि ५१ हजार रुपैयाँ सहयोगसमेत गरिएको छ।
राजिव गुरुङको कथा तथा निर्देशन रहेको सिनेमामा शुशांक मैनाली, महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी, बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारीलगायतको अभिनय छ।
‘आशा’ आगामी माघेसंक्रान्तिको अवसरमा माघ १ गते प्रदर्शनमा आउनेछ। सिनेमाको वितरण रीच इन्टरटेनमेन्टले गर्नेछ।


















