Sur Cinema

गीत ‘ठिकै छ मेरी प्रिय’ : प्रेम, पीडा र द्वन्द्वको कथा

काठमाडौं : अनुजा बरालको निर्देशन तथा दिपेन श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘ठिकै छ मेरी प्रिय’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । ड्रागन मोसन पिक्चरको प्रस्तुति रहेको गीत शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

भिडियोमा गुरु वसिष्ठ, प्रेम परियार र श्रितिका श्रेष्ठले अभिनय गरेका छन् भने भिडियो प्रेम, पीडा र द्वन्द्वको कथाले भरिएको छ । शेखर थापाको शब्द र दिवेश राईको संगीत रहेको गीतमा स्वर गुरु वसिष्ठको रहेको छ ।

भिडियोको दृश्य प्रविधि सत्यम रानाले, रंग संयोजन राजेन्द्र मोक्तानले, छायांकन सारथी थापाले र सम्पादन सन्देश शाहले गरेका छन् ।