Sur Cinema

‘महाभोज’को बुकिङ खुला

काठमाडौं : शुक्रवार रिलिज हुने सिनेमा ‘महाभोज’को अग्रिम टिकट बुकिङ खुला भएको छ । देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका सिनेमा हलहरूले बुकिङ खुलाएका हुन् । यो सिनेमा दुई साता अघि नै रिलिज तय भएकोमा विभिन्न राजनीतिक  तथा अन्य आन्दोलनहरूका कारण रिलिज सरेर जेठ ३० गते पुगेको थियो ।

यस सिनेमाको काठमाडौं, पोखरा र बुटवलमा प्रिभ्यु प्रिमियर भइसकेको छ । प्रिमियरबाट सिनेमाले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । प्रिभ्यु शो हरूमा केही सहकारी पीडितहरूले पनि सिनेमा हेरेका छन् । उनीहरूले आफ्नो दबिन लागेको आवाजलाई यो सिनेमाले ठुलो स्वरमा बोलिदिएको प्रतिक्रिया दिएका छन् । उनीहरूले यो सिनेमा धेरै भन्दा धेरै दर्शकले हेरेर राज्यलाई थप दबाब दिनुपर्ने बताइरहेका छन् ।

विकास सुवेदीको लेखेको तथा दिनेश राउतले निर्देशन गरेको यस सिनेमामा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल लगायतको अभिनय रहेको छ । विशेष भूमिकामा सुरक्षा पन्त पनि रहेकी छन् ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेको यस सिनेमाका निर्माता हिमाल कडरिया हुन् ।