काठमाडौं : सिनेमा ‘के घर के डेरा घर नम्बर २’को प्रदर्शनको तयारीमा छ । घरवाला र डेरावालाबीचको कथामा निर्माण भएको सिनेमा आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउन लागेको हो ।
यसै सिनेमाको निर्देशक दीपेन्द्र के खनालले सिनेमा डेरामा बस्ने र घरमा बस्नेको कथालाई उठाएको बताएका छन् । सिनेमा गाउँको भन्दा पनि शहरको गरिबी एकदमै डर लाग्दो हुने उनले बताए । भन्छन् , खाल्टोभित्रको डर लाग्दो समाजमा घरहरु टासिंए पनि मन टासिंएको हुँदैन !
सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । सिनेमाको पटकथा बुद्धि सागरले लेखेका हुन भने यो उनको पहिलो लेखकीय सिनेमा हो ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको यस सिनेमाका निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्माता युवराज कार्की हुन् ।















