Sur Cinema

खुशी ब्यक्त गर्दै आर्यन

काठमाडौं : परिच्छेद सेनले निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘महाराजधिराज’मा आर्यन सिग्देल अनुबन्ध भएका छन् । आर्यनले आफु ‘महाराजधिराज’मा अनुबन्ध हुन पाएकोमा खुशी व्यक्त गर्दै आफ्नालागि फरक चरित्र र दर्शकका लागि नयाँ हुने बताएका छन् ।

‘महाराजधिराज’मा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि सिनेमा ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए । जुन सिनेमा समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो।

फूलपातीलाई प्रदर्शन मिति तोकिएको ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् । निर्माण टिमले प्रचारप्रसार सामाग्रीका रुपमा यसअघि सिनेमाको पल शाह फिचर एक पोस्टर सार्वजनिक गरिसकेको छ । सिनेमामा आर्यन र पलको अलावा रमेश उप्रेती र जय किशन बस्नेत पनि हुनेछ भने अन्य कलाकारहरुको खोजी कार्य जारी छ ।