Sur Cinema

‘खुस्मा’ निर्देशकको ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक

काठमाडौं : ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको दोस्रो सिनेमा ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।

एसडी योगी र अन्जु पन्तको स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द तथा एसडी योगीको संगीत छ। रिकेश गुरुङ संगीत निर्माता रहेको गीतको भिडियो सुरेन्द्र राईको कोरियोग्राफीमा तयार पारिएको हो।

गीतको भिडियोमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना र दीपिका फिचर्ड छन्।

शैलेन्द्र डी. कार्कीको छायांकन रहेको ‘जलाकी’मा सोनम र उपासनासहित शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङलगायत कलाकारको अभिनय छ। मिस सिक्किम साहारा हाङमा लिम्बूले यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी छन्।

यसअघि निर्देशक थापा मगरको डेब्यु सिनेमा ‘खुस्मा’ व्यावसायिक रूपमा सफल भएको थियो। उक्त सिनेमाको गीत ‘रुकुम मैकोट’ सामाजिक सञ्जालमा निकै लोकप्रिय बनेको थियो।

‘जलाकी’ आगामी मंसिर ४ गते देशभर प्रदर्शनमा आउनेछ। सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन्।