काठमाडौं : गत शुक्रबार चैत्र २२ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘वसन्त’को माउथ पब्लिसिटी राम्रो भइरहेको निर्माण टिमले बताएका छन् । नेपाली समाजका कथाव्यथा के छन् भनेर उजागर गर्ने काम ‘वसन्त’ले गरेको भन्दै दर्शकले सिनेमा चेतनामुलक र सन्देशमुलक रहेको बताएका हुन् ।
सामाजिक कथाबस्तु उठान गरेको सिनेमा ‘वसन्त’ राम्रो रहेको भन्दै सबैले हेर्नुपर्नेमा दर्शकले बताएका छन् । ‘नेपाली समाजको कथा छ । वास्तविक कथा छ । यो सिनेमा चल्नेवाला छ,’ सिनेमा हेरेपछि एक दर्शकले प्रतिक्रिया दिँदै भने, ‘गाउँको कथा राम्रोसँग उठाएको सिनेमा राम्रो छ ।’
नेपाल र विदेशमा एक साथ रिलिज भएको सिनेमामा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीलगायत कलाकारको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् ।















