Sur Cinema

‘कर्मा’को ट्रेलर : पारिवारिक प्रेम, भ्रष्ट समाज र द्वन्द्वको समिश्रण

काठमाडौं : सिनेमा ‘कर्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीको ठमेलस्थित एक सिनेमा भवनमा हिजो बिहीबार औपचारिक कार्यक्रम आयोजना गरेर निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा पारिवारिक प्रेम, भ्रष्ट समाज र द्वन्द्वको समिश्रण रहेको पाइएको छ ।

ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष र सिधा युवालाई कुन हदसम्म अपराधि बनाउछ भन्ने देखाउन खोजिएको छ ।अभिनेता विपीनलाई पहिलो पल्ट एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन् ।

सिनेमामा विपीन, उपासना मुकुन र सरितासँगै दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय रहेको छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको सिनेमामा वसन्त लम्सालको लगानी रहेको छ ।