काठमाडौं : सिनेमा ‘अभिमन्यु’को छायांकन सुरु भएको छ । सिनेमाको छायांकन काठमाडौंबाट सुरु गरिएको हो । डेब्यू निर्देशक सुशान्त गौतमको निर्देशनमा बन्ने सिनेमामा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठ आदिको अभिनय रहनेछ । काठमाडौं तथा चितवनमा छायांकन हुने सिनेमा दुई सेड्यूलमा खिचिनेछ।
मुकेश खनालको लेखन रहेको सिनेमाका क्रिएटिभ निर्देशक मदन थापा हुन्। यस सिनेमामा शरद महतोको छायांकन रहनेछन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमामा रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् ।
आगामी वर्ष भदौ २७ गते रिलिज हुने घोषणा गरिएको सिनेमाले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन संघर्ष गर्ने पात्रको कथा प्रस्तुत गर्नेछ ।















