काठमाडौं : सिनेमा ‘भूठान’का निर्माता अविरल थापाको ‘ठक्कर’ बोलको गीत सार्वजनिक भएको छ । गीत युट्युब च्यानल अवेकन प्रोडक्सनमार्फत सार्वजनिक गरेका छन् । गीतमा पोखराका चर्चित गायक विनोद बानियाँको स्वर र संगीत रहेको छ ।
गीतको भिडियोमा नेपाली रजतपटका लोकप्रिय कलाकार राजवल्लभ कोइराला, सीतादेवी तिमिल्सिना, बालकलाकार काईरा कार्की लगायतका कलाकारको अभिनय रहेको छ भने भिडियोलाई ‘सानो संसार’ सिनेमाका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेका छन् ।















