Sur Cinema

‘हर्ष’को शुभसाईत : खगेन्द्रको जोडी वर्षा

काठमाडौं : बुधबार बिहान ठमेलस्थित त्रिदेवी मन्दिरमा सिनेमा ‘हर्ष’को शुभसाईत गरिएको छ । शुभसाइत गरिएको यो सिनेमाको छायांकन फागुनको १७ गतेबाट सुरु हुनेछ । यो सिनेमामा नायक खगेन्द्र लामिछाने र नायिका वर्षा राउतको मुख्य भूमिका रहेनछ ।

सिनेमामा खगेन्द्र र वर्षाको अलावा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टी महर्जन र संगीता नापितको अभिनय रहनेछ । एकता पौडेलको निर्देशनमा यो सिनेमा बन्न लागेको हो । सिनेमाको कथा एकताले नै लेखेकी हुन् ।

आलोक शुक्लाको छायांकन रहने यो सिनेमामा वसन्त सापकोटा र एलिस कार्कीको संगीत रहनेछ । लोकेश बज्राचार्यको सम्पादन रहने सिनेमामा सुनिल क्षेत्रीको कोरियोग्राफी रहनेछ । इ–प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सनको व्यानरमा निर्माण हुने यो सिनेमामा प्रसन्न पौडेल र विकास पौडेलको लगानी छ भने हिक्मत चोखल सिनेमाका कार्यकारी निर्माता हुन् ।